काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इन्डिय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै नेपालमा पनि निगमले भाउ समायोजन गरेको हो।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३–३ रुपैयाँ दरले घटाइएको छ । योसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १६० र मट्टीतेलको १४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १५९ र मट्टितेलको १४५ रुपैयाँ पर्नेछ ।