IME Life New

बीमा प्राधिकरणको बोर्डमा पहिलो पटक प्राविधिक मन्त्रालयको प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशील बाबु ढकाललाई नियुक्त गरेको छ।

मा ऐन २०७९ लाई अध्यादेशमार्फत संशोधन गरी सञ्चालक समितिको संरचनामा परिवर्तन गरेपछि ढकाल यस बोर्डमा पुग्ने पहिलो प्राविधिक मन्त्रालयका प्रतिनिधि बनेका छन्।

Esewa
Crest

यसअघि प्राधिकरणको बोर्डमा अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिवहरू मात्र पदेन सदस्य रहने व्यवस्था थियो। पूर्वाधार क्षेत्रका जोखिम र बीमाको बढ्दो महत्वलाई ध्यानमा राख्दै सरकारले बोर्डको दायरा फराकिलो बनाएको हो।

सुशील बाबु ढकाल सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयका आयोजना निर्देशक हुन्। उनी निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) का अधिकृत हुन्।उनीसँग सडक तथा पुलहरूको निर्माण र व्यवस्थापन क्षेत्रमा १५ वर्षभन्दा बढी को अनुभव रहेको छ। ट्रान्सपोर्टेसन इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका छन्। उनी दीगो यातायात व्यवस्थापनका प्रबल समर्थक हुन्। उनीसँग FIDIC ठेक्का सर्तहरू अन्तर्गत राजमार्ग र पुल निर्माणमा वर्षौंको परियोजना व्यवस्थापन विशेषज्ञता रहेको छ।

साथै, उनले २६ अक्टोबर २०२२ मा नेपालमा एडीबी (ADB) द्वारा वित्तपोषित सडक आयोजनाहरूमा जैविक विविधता र इकोसिस्टम सेवाहरू सम्बोधन गर्ने विषयमा सामग्रीहरू समेत तयार पारेका थिए।

हाल प्राधिकरणको सञ्चालक समितिमा ४ सदस्यहरूको नियुक्ति पूरा भएको छ।

अध्यक्ष: सरकारद्वारा नियुक्त सचिव चन्द्रकला पौडेल

सदस्य: सहसचिव, अर्थ मन्त्रालय सुमन दाहाल

सदस्य:सहसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय मान बहादुर अर्याल

सदस्य: सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सुशील बाबु ढकाल

अब बोर्डलाई पूर्णता दिन बीमाको एक पद मात्र रिक्त रहेको छ। ऐन अनुसार जीवन बीमा वा निर्जीवन बीमा क्षेत्रको विशेष ज्ञान भएको व्यक्तिलाई उक्त पदमा नियुक्त गरिनेछ।

ठूला भौतिक पूर्वाधार आयोजनाहरूको बीमा व्यवस्थापन र प्राविधिक जोखिम न्यूनीकरणका लागि सम्बन्धित मन्त्रालयको प्रतिनिधित्व गराएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS