काठमाडौं । आगलागी भएको खण्डमा आपतकालीन बटन थिचेर दमकललाई सूचना दिन सकिने उपकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जडान गरिएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीले सोमबार सात सेकेन्डसम्म उपकरणको बटन थिचेर यो उपकरणको उद्घाटन गरे ।
यस प्रविधिमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सहकार्य गरेका छन्।
पाथिभरा सेन्सर सोलुसन प्रा.लि. ले यो प्रविधिको विकास र उपकरण निर्माण गरी नि:शुल्क रुपमा उपलब्ध गराएको हो। यो प्रविधि सिंहदरबारभित्र रहेको सबै मन्त्रालयमा जडान गर्ने लक्ष्य लिइएको छ।

















