काठमाण्डौ । नेपालको शेयर बजारमा थप दुई कम्पनीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएका छन्। काबेली हाइड्रोपावर र निभिक्स फर्मास्युटिकल्सले आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन्।
धितोपत्र बोर्डले अनुमति दिएमा काबेली हाइड्रोपावरले ४१ करोड २५ लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४१ लाख २५ हजार कित्ता साधारण शेयर जारी गर्नेछ।
यो कम्पनीले आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।
यसैगरी धितोपत्र बोर्डले अनुमति दिएमा निभिक्स फर्मास्युटिकल्सले १३ करोड ७५ लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १३ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री खुला गर्नेछ।
निभिक्स फर्मास्युटिकल्सको आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।












