IME Life New
GBIME

ग्लोबल मनी वीकको अवसरमा राष्ट्र बैंक विराटनगरद्वारा निबन्ध प्रतियोगिता

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले ग्लोबल मनी विकका अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरेको छ । Think before you follow, wise money tomorrow विषयक निबन्ध प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय विराटनगरमा कक्षा ११ मा अध्ययनरत छात्रा  टेरिया तामाङ्ग प्रथम भएकी छिन् ।
प्रतियोगितामा अर्किड पब्लिक मा.वि. विराटनगरमा कक्षा ११ मा अध्ययनरत छात्रा  निर्मला उराव द्वितीय र शिक्षादीप मा.वि. विराटनगरमा  कक्षा ११ मा अध्ययनरत छात्रा  शिरीन भट्टराई तृतीय भएकी छिन् ।
विराटनगर महानगरपालिकास्थित माध्यमिक विद्यालयहरूमा कक्षा ११ र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा चैत ४ गते सञ्चालन भएको निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नेपाल राष्ट्र विराटनगर कार्यालयमा आयोजित पुरस्कार वितरण कार्यक्रममा नगद २० हजार, १५ हजार तथा १० हजार र प्रमाण पत्र, मेडल, ट्रफी सहित पुरस्कृत गरिएको हो ।
त्यसैगरी बैंकले चैत ४ गते आदर्श माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत विद्यार्थीहरूको नेपाल राष्ट्र बैंक अवलोकन भ्रमण,  चैत ६ गते हरिनगर गाउँपालिकास्थित हरिनगरा मा।वि।मा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तीय साक्षरता, चैत ७ गते जहदा गाउँपालिकास्थित जनता मा.वि. का कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तीय साक्षरता तथा चैत ८ गते गोग्राहा मा.वि. मा प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई खुत्रुके वितरण लगायतका सप्ताहब्यापी वित्तीय सचेतना अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS