IME Life New

उर्जामन्त्री खड्काको उर्लाबारीको पाँचतारे होटल पनि होलिडे इनले व्यवस्थापन सम्हाल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उर्जामन्त्री दीपक खड्काको स्वामित्वमा रहेको उर्लाबारीको पाँचतारे होटलको व्यवस्थापन पनि अन्तर्राष्ट्रिय होटल सञ्जाल इन्टरनेशनल हस्पिटालिटी ग्रुपले सञ्चालन गर्ने भएको छ।

होटल इस्टर्न नेपाल लिमिटेडले निर्माण गरेको यो होटलको व्यवस्थापन सम्हाल्ने र होलिडे इन एक्सप्रेस एण्ड सुइट्स ब्राण्ड अन्तर्गत सञ्चालन गर्ने सम्बन्धमा गत साता काठमाडाैंमा सम्झाैता भएको हो।

Esewa
Crest

सम्झाैतामा होटल इस्टर्न नेपालको तर्फबाट सञ्चालक समिति अध्यक्ष विनिता थापा खड्का र आइएचजीको तर्फबाट दक्षिण पश्चिम एशिया क्षेत्रका प्रबन्ध निर्देशक सुदिप जैनले हस्ताक्षर गरेका छन् ।

होलिडे इन ब्राण्डमा उर्जामन्त्री खड्काले यसअघि नै बुढानिलकण्ठमा पाँच तारे होटल सञ्चालनमा ल्याई सकेका छन् । धुलाबारी सहित उर्जामन्त्री खड्काको दोश्रो पाँच तारे होटल हुनेछ।

झापाको धुलाबारीमा ५ बिघा क्षेत्रफलमा फैलिएको निर्माणाधीन यो होटलमा ९९ वटा कोठा हुनेछन् । साथै दिनभर खुल्ला रहने रेष्टुरेण्ट, रूफटप रेष्टुरेण्ट, सभा हल, व्यायामशाला र पर्याप्त पार्किङ सुविधा रहनेछ।

नेपाल भारत सीमा नाका काकरभिट्टाबाट नजिकै अवस्थित यो होटल चन्द्रगढी विमानस्थल भद्रपुरबाट पनि १५ किलोमिटर दूरीमा छ। यसबाहेक सीमावर्ती भारतको बागडोगरा विमानस्थल जम्मा २५ किलोमिटरको दुरीमा अवस्थित छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS