काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै क्लेम म्यानेजरका लागि कर्मचारी माग गरेको हो ।
सो पदका लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ । साथै, बैंक तथा बीमा क्षेत्रमा कम्तिमा तीन वर्ष काम गरेको अनुभव हुनुपर्ने जनाइएको छ । इच्छुक तथा योग्यता पुगेकाले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।


















