काठमाडौं । एलन मस्क चाँडै नै विश्वको पहिलो खर्बपति बन्न सक्छन्। मस्कको रकेट र स्याटेलाइट कम्पनी स्पेसएक्स अमेरिकी स्टक मार्केटमा सूचीबद्ध गर्ने तयारीमा छ। जुन वाल स्ट्रिट इतिहासको सबैभन्दा ठूलो आइपीओ हुन सक्छ।
स्पेसएक्सको सूचीकरणपछि मस्कको कुल सम्पत्ति १ खर्ब डलर नाघ्न सक्छ। फोर्ब्स अरबपतिहरुको सूचीअनुसार मस्क हाल ८०७ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वको सबैभन्दा धनी व्यक्ति हुन्।
कम्पनीको वित्त र नेतृत्वका बारेमा पहिलो पटक विवरणहरु सार्वजनिक गर्दै स्पेसएक्सले बुधबार टिकर प्रतीक ‘एसपीसीएक्स’ अन्तर्गत सूचीबद्ध गर्ने आफ्नो योजनाको अनावरण गर्यो।
स्पेसएक्सले यसको मूल्यांकन १.२५ खर्ब डलर अनुमान गरेको छ। यो मूल्यांकनले स्पेसएक्समा मस्कको बहुमत हिस्सेदारी ६०० अर्ब डलरभन्दा बढी हुन सक्छ। उनको हालको सम्पत्ति र यो सूचीकरणसँगै मस्कको कुल सम्पत्ति १ खर्ब डलर नाघ्न सक्छ।
गत वर्ष मस्क ५०० अर्ब डलरको कुल सम्पत्ति नाघ्ने विश्वको पहिलो व्यक्ति बने। उनी विद्युतीय सवारी कम्पनी टेस्लाका सीईओ पनि हुन्।
आइपीओ फाइलिङले पहिलोपटक स्पेसएक्सको नेतृत्व र स्वामित्व संरचना प्रकट गरेको छ। मस्क कम्पनीको अध्यक्षका रुपमा छन्। –एजेन्सी












