IME Life New

‘एक्स’मा साइबर अट्याक, ठूलो समूह वा देशको संलग्न हुन सक्ने एलन मस्कको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोसल मिडिया प्लेटफर्म ‘एक्स’ युजरले सोमबार लगातार समस्या व्यहोर्नुपरेको थियो। एक्स सोमबार लगातार ३ पटक बन्द भएको थियो।

एक्समा साइबर अट्याक भएको खुलासा भएको छ। जसका कारण एक्सको सबै सेवा ठप्प भएको थियो।

Esewa
Crest

एक्स प्लेटफर्मका मालिक एलन मस्कले एक्समा लेख्दै साइबर अट्याक भएको स्पष्ट पारेका छन्। ‘यो हमलामा कुनै समूह वा देशको संलग्न हुन सक्छ’, मस्कले लेखेका छन्।

एक्समा लगातार हमला भइरहे पनि पछिल्लोपटकको हमलामा थुप्रै संसाधनको प्रयोग भएको मस्कको दाबी छ। ‘हमला गर्नेहरुका विषयमा अनुसन्धान भइरहेको छ’, मस्कले भनेका छन्।

विश्वकै धनीव्यक्ति मस्कले ट्विटर सन् २०२२ मा खरिद गरेका थिए। त्यसपछि उनले यो सोसल मिडिया प्लेटफर्मको नाम ‘एक्स’ राखेका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS