IME Life New

विद्युत नियमन आयोगले घटायो सयपत्री हाइड्रोपावरको हकप्रद शेयरको आकार, अब कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युत नियमन आयोगले सयपत्री हाइड्रोपावरको हकप्रद शेयरको आकार घटाएको छ।

आयोगले आकार घटाएर सयपत्री हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजीको १ः०.७४ अनुपात अर्थात ७४ प्रतिशतमात्रै हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति प्रदान गरेको हो। जसअनुसार कम्पनीले २२ करोड २५ लाख ५८ हजार ९८९.१३ रुपैयाँबराबरको मात्रै हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति पाएको छ।

Esewa
Crest

यसअघि कम्पनीले विद्युत नियमन आयोगमा हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी पूवस्वीकृतिका लागि निवेदन पेस गरेको थियो। तर, आयोगको गत भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयरको आकार घटाएर पूवस्वीकृति प्रदान गरेको हो।

आयोगले नेपाल बैंक र ग्लोबल आइएमई बैंकबाट लिइएको ऋण कर्जाको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि सयपत्री हाइड्रोपावरलाई हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको छ। अब कम्पनीले आफ्नो साधारणसभामार्फत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेपछि निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS