IME Life New

देखेका सपना अभिकर्ता बनेपछि पूरा भयोः एजेन्सी म्यानेजर रिना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छोरी मान्छे आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ। हातमा सीप र ज्ञानबुद्धि परिपूर्ण लिएर महिला घरबाहिर निस्यो भने गर्न नसक्ने केही छैन। समाजमा नारीप्रति हुने यावत सकसबाट मुक्त हुन अवसरको खोजी गर्नुपर्छ। नारी र पुरुषबीच भेदभाव गर्ने समाजमा नारी कोहीमाथि आश्रित नरही सक्षम बनेर पुरुषसरह काम गर्न सक्छन् भन्ने गतिलो भाव बोकेकी महिला हुन्, रिना बस्नेत।

२०३८ सालमा बाँकेको नेपालगन्जमा जन्मिएकी रिना हाल सिटिजन लाइफको भैरहवा शाखामा एजेन्सी म्यानेजरको भूमिका निर्वाह गर्दै आइरहेकी छन्। महिला स्वाबलम्बन हुनुपर्छ भन्ने सोच भएकी रिना बीमा अभिकर्ता भएर बीमा शिक्षा दिँदै बीमामा मानिसलाई जोड्दै हिँडेकी छन्। बीमा गराएर मानिसको जीवन जोखिममुक्त बनाउन उनी हरपल तल्लीन रहन्छिन्। बीमा गराउनभन्दा पनि बीमा बुझाउन धेरै प्रयास गर्ने रिनाको भनाइ छ। ‘बीमा त सबैले गराउनु नै पर्छ तर बीमा बुझेर गर्दा राम्रो हुन्छ भन्ने हेतुले मैले सबैलाई बीमा बुझाउन पटक–पटक कोसिस गर्नेछु। बीमा बुझाएपछि गर्नु भएन भने पनि म राम्रो नै मान्छु किनकि मैले बीमाबारे ज्ञान दिन सफल भएँ भन्ने लाग्छ’, उनी भन्छिन्।
रिको बाल्यकाल सुखद् रह्यो। रिनाले राजनीतिशास्त्रमा स्नाकोत्तर गरेकी छन्। उनले स्नातक तहसम्मको अध्ययन भैरहवाबाट पूरा गरेकी थिइन्। स्नाकोत्तर चाहिँ उनले काठमाडौं आएर त्रिभुवन विश्वविद्यालय पूरा गरिन्।

Esewa
Crest

बुवा–आमा दुवै सरकारी जागिरे। छोरीलाई धेरै पढाउनुहुँदैन भन्ने समाजमा रिनालाई भने पठन–पाठनमा कुनै कुराको कमी भएन। परिवारमा पढ्नुपर्छ भन्ने वातावरण थियो। शिक्षित परिवारमा हुर्किएर होला रिनामा पनि सानैबाट पढ्नुपर्छ र पढेर केही गर्नुपर्छ भन्ने मानसिकता थियो।
रिनाको हाल बसोबास भने भैरहवामा छ। बीमा क्षेत्रमा आउनुअघि रिना ट्राभल एन्ड टुर सञ्चालक थिइन्। उनी सक्षम महिलामात्रै नभएर एक सक्षम गृहिणी र आमा पनि हुन्। उनी परिवार अनि बालबच्चा सबैलाई व्यवस्थापन गरेर काममा पनि उत्तिकै जिम्मेवारी बोकेर हिँडेकी महिला हुन्।

आफ्नै व्यवसाय हाँकिरहेकी रिनाको व्यापार भने कोरोनाका कारण खस्किएको थियो। तर, व्यवसायमा भने निरन्तरता नै थियो। व्यवसायको अलवा केही गर्नुपर्छ भनेर विकल्प खोजेका क्रममा साविक सूर्या लाइफमा रिनाले चिनेको सर सुनिल पोख्ररेल थिए। उनले रिनालाई बीमामा आउन आग्रह पनि गरेका थिए। सोही क्रममा रिनाले कस्तो हुँदो रहेछ बीमा क्षेत्र काम गर्न सकेँ गर्छु नभए अनुभव हुन्छ भन्ने हिसाबले २०६९ सालमा साविक सूर्या लाइफबाट लाइसेन्स लिएर काम गर्न थालिन्।

बीमा क्षेत्रमा प्रवेश गरेको समयमा रिनालाई बीमासम्बन्धी ज्ञान थिएन। ‘कस्तो हुँदो रहेछ अभिकर्ता पेसा भने लागेँ। तर, जब कम्पनीमा गएँ अनि तालिम पनि लिएँ तब बीमा त मैले सोचेको भन्दा धेरै गहिरो रहेछ। साविक सूर्या लाइफमा सुनिल सरको प्रेरणाले बीमामा लागेँ। तर आफ्नो व्यवसाय पनि सँगै भएको कारण मैले राम्रोसँग काम गर्न सकेको थिइनँ।’

‘त्यसपछि २०७४ सालमा सिटिजन लाइफको स्थापना भयो अनि त्यहाँ पनि सुनिल सरमार्फत मैले काम गर्ने अवसर पाएँ। नयाँ कम्पनी र नयाँ पोलिसी ग्राहकलाई बुझाउन हरप्रयास गरेर सिटिजन लाइफमा भिझे। सिटिजन लाइफमा आएपछि थाहा भयो कि वास्तबिक बीमा भनेको के रहेछ ?’, रिनाले भनिन्, ‘साविक सूर्या लाइफमा हुँदा पनि मैले नबुझी बीमा गराएको रहेछु। सिटिजन लाइफमा आइसकेपछि बीमालाई गहिरो रुपमा बुझ्ने मौका पाएँ। सुनिल पोख्रेल र नरेश सिक्देल सरको प्रेरणाले मैले बीमा बजारमा राम्रो काम गर्न सकेँ। मेरो प्रेरणाको स्रोत नै उहाँहरु हुनुहुन्छ।’

बीमा कम्पनीमा प्रवेश गरेको सुरु–सुरुमा मान्छेहरुलाई बीमा गर्नुहोस् भन्न रिनालाई गाह्रो लाग्थ्यो। ‘पछि कम्पनीले तालिम दियो, सबै तालिममा सहभागी हुँदै गएँ। बजारमा भिज्दै गएँ। मानिसहरुसँग कुरा गर्दै गएँ’, उनले भनिन्, ‘समाजको अध्ययन गर्ने मौका पाएँ र मैले राम्रो बीमा व्यापार गर्न सकेँ।’

घर–परिवारबाट पनि यस पेसामा अगाडि बढ्न धेरै सपोर्ट पाएको रिना बताउँछिन्। उनलाई आफ्ना बच्चाहरुले पनि यसै पेसामा लागिरहन प्रेरित गर्ने गरेको बताइन्। ‘मेरो छोरा–छोरीले पनि मलाई साथ दिएका छन्’, उनले भनिन्, ‘मैले आफ्नो लक्ष्य हासिल गरेर अवार्डहरु पाउँदा मभन्दा धेरै मेरा श्रीमान, छोरा र छोरी खुसी हुन्छन्। त्यसकारण पनि म यो पेसामा धेरै खुसी र सन्तुष्ट छु।’

बीमा अभिकर्ता पेसा अन्य पेसाभन्दा धेरै उत्कृष्ट रहेको रिनाको भनाइ छ। ‘अझ यस पेसा महिला दिदी–बहिनीका लागि धेरै राम्रो छ’, रिनाले थपिन्, ‘घरको काम, परिवारको जिम्मेवारी, छोरा–छोरीको लालनपालन गरेर गर्न सकिने पेसा, आफ्नो समय हुँदामात्रै गर्दा पनि कसैको जीवन सुरक्षित गरी आफूलाई पनि आय–आम्दानी हुने पेसा भएकाले मलाई यो पेसा धेरै मन पर्छ।’

समाज सेवा गर्न धेरै रुचाउने रिनाले अभिकर्ता पेसामा आबद्ध भएपछि आफ्ना सपनाहरु पनि साकार भएको महसुस गरेको बताउँछिन्। ‘मलाई समाज सेवा गर्न धेरै रुचि थियो। आफूले पनि सोसियल फिल्ड नै अध्ययन गरेँ तर विवाहपछि जागिर खान्छु, समाज सेवा गर्छु भन्दा–भन्दै विवाह भयो’, उनले भनिन्, ‘विवाह भएपछि आफ्नै जिम्मेवारीमा अल्झिएँ। तर, बीमा अभिकर्ता भएपछि मैले समाज सेवासँगै आम्दानी गर्न पाउँदा म धेरै गर्विलो महसुस गर्न पाएकी छु। यो पेसामा आएर मैले देखेको समाज सेवा गर्न पाएँ। बीमा गर्नुस् भन्दै हिँड्दा अरुको जीवनको सुरक्षाका लागि पनि मैले समय दिएँ। यसकारण यो पेसा समाज सेवासँगै आफ्ना लागि पनि हुने पेसा हो।’

यो पेसामा लागेपछि मैले अरुको जीवनलाई सुरक्षा गर्ने काम गरेकी छैन। ममा पनि धेरै परिवर्तन आएँ। यस पेसामा आबद्ध भएपछि मैले हिँड्न र बोल्न जानेँ’, रिनाको अनुभव छ, ‘समाजको अध्ययन गर्न पाएँ। सबै तह र तप्काका मानिसलाई भेट्ने र चिन्ने मौका पाएँ। एउटा सानो मासमा बोल्न डराउने म यस पेसाले मलाई निर्धक्क भएर बोल्ने क्षमताको विकास गर्यो।’

यस्तो दलाली पेसामा किन लागेको भन्नेहरुको भीडमा आफूलाई सत्य सावित गर्दै अगाडि बढेकी रिना भन्छिन्, ‘बीमा अभिकर्ता पेसा भनेको विश्वासको पेसा हो। बीमा बजार भनेको नै विश्वास बेच्ने पेसा हो। यस पेसामा अभिकर्ता इमान्दार भएर काम गर्नुपर्छ। ग्राहकको आम्दानीलाई हेरेर बीमा पोलिसी बेच्नुपर्छ। ग्राहकलाई जबरजस्ती गर्नुहुँदैन। अनिमात्रै बीमा बजार दिगो हुन्छ।’

रिनाको विचारमा सफल अभिकर्ता बन्नका लागि इमान्दार, लगनशील, विश्वासिलो र मेहनती हुनुपर्छ। आज यो ठाउँमा आइपुग्नुमा सिटिजन लाइफको दह्रो हात रहेको भन्दै रिनाले सिटिजन लाइफलाई धन्यवाद दिँदै भनिन्, ‘सिटिजन लाइफले अभिकर्तालाई गरेको कदर, सम्मान र हौसलाले गर्दा नै अभिकर्ता सफल बनेका छन्। यस कम्पनीले पहिलो प्राथमिकता नै अभिकर्तालाई दिने गरेको छ। समय–समयमा तालिम दिने गरेको छ। यसले गर्दा अभिकर्तामा ज्ञान बढेको छ। यसका लागि कम्पनीप्रति धेरै आभारी छु।’

आफू जीवित रहेसम्म अभिकर्ता पेसामै लाग्नेसमेत रिनाले प्रतिबद्धता व्यक्त गरेकी छन्। रिनाले कम्पनीले दिने हरेक टार्गेट मिट गर्ने गरेकी छन्। उनी २ पटक एमडीआरटी बन्न सफल भइसकेकी छन्। यसबाहेक गोल्ड क्लब, प्लाटिनियम र हिरो अफ द मन्थलगायतका अवार्ड अचिभ गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS