IME Life New

शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम साढे ८ अर्ब

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसुचक १८ दशमभलव ३०  अंकले बढेर २,८५० को विन्दुमा कायम भएको छ । आज १८७ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३१८ कम्पनीको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड २८ लाचख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८१ प्रतिशतका दरले कमाएका हुन् । बरुण हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् । मकर जितुमाया हाइड्रोका लगानीकर्ताले ७ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS