IME Life New

शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ७५ करोडमा सीमित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २१ अंकले बढेर २,७६१ को विन्दुमा कायम भएको छ । आज १७९ कम्पनीको शेयर मूल्य बढ्दा ७१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१७ कम्पनीको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको १७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । विकास हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । साना किसान विकास लघुवित्तका लगानीकर्ताले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आरबीबी म्युचुअल फन्ड १ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ दशमलव ८७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS