IME Life New

दोर्दी खोला जलविद्युतले हकप्रद जारी गर्ने, डाक्यो पुस २१ गते साधारण सभा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले पुस २१ गते सोमबार साधारण सभा गर्ने भएको छ । सभा बिहान ८ बजे हुने निर्णय भएको हो । कम्पनीको मंसिर २८ गते आइतबार दिउँसोको बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सभाको मिति तय भएको हो ।

सभाले संचालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ ।

Crest

सभाले आर्थिक वर्ष २०८१/८२ को लागि लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्ने, हकप्रद शेयर निष्काशन गर्ने, अधिकृत पूँजी र जारी पूँजी सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नियमक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

1765717350248 1765717429230

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS