IME Life New

दोर्दी खोला जलविद्युतको हकप्रद भर्न छुट्यो ? आजबाट फेरि आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोर्दी खोला जलविद्युतले हकप्रद शेयर भर्न छुटेका आफ्ना शेयरधनीहरुलाई आजबाट फेरि शेयर बिक्री खुला गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी हकप्रद शेयर भर्न छुटेका शेयरधनीहरुले वैशाख १४ गतेसम्म फेरि आवेदन दिन सक्ने व्यवस्था गरेको हो। कम्पनी सञ्चालक समितिको बैठकले छुटेका शेयरधनीहरुलाई आउँदो आइतबार बैंकिङ समयसम्म हकप्रद शेयर बिक्री खुला गर्ने निर्णय गरेको हो।

Esewa
Crest

कम्पनीले गत चैत १९ गतेबाट हकप्रद शेयर बिक्री खुला गरेको थियो। यो शेयरमा वैशाख ८ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो।

कम्पनीले हाल कायम चुक्तापुँजीको सतप्रतिशत अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो। यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, वीरगन्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरमार्फत पनि आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS