IME Life New

एप्पलसँग प्रतिस्पर्धा गर्न डोनाल्ड ट्रम्पले ल्याए फाइभजी स्मार्टफोन, असीमित कलसहित विशेष सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ट्रम्प अर्गनाइजेसनले जुन १६ मा ट्रम्प मोबाइल नामक नयाँ स्मार्टफोन ब्रान्ड र नेटवर्क सेवा सुरु गरेको छ।

रोयटर्सको रिपोर्टअनुसार यो नयाँ कम्पनी न्युयोर्कको ट्रम्प टावरमा सुरु गरिएको छ। ब्रान्डले टी१ नामक फाइभजी स्मार्टफोन लन्च गरेको हो। जसको मूल्य ४९९ अमेरिकी डलर अर्थात् लगभग साढे ६८ हजार रुपैयाँ छ। यो स्मार्टफोन पूर्ण रुपमा अमेरिकामा निर्मित हुनेछ। यसलाई आधिकारिक वेबसाइटबाट १०० डलरमा बुक गर्न सकिन्छ। यसको बिक्री सेप्टेम्बरबाट सुरु हुने बताइएको छ।

Esewa
Crest

नेटवर्क सर्भिस पनि सेप्टेम्बरबाट सुरु हुनेछ। यसअन्तर्गत ‘द ४७ प्लान’ नामक मासिक योजना सुरु गरिएको छ। यसको मूल्य ४७.४५ अर्थात् लगभग साढे ६ हजार रुपैयाँ रहेको छ। यसबाट प्रयोगकर्ताले असीमित कल गर्न सक्नेछन्। टेलिमेडिसिन र रोडसाइड असिस्टेन्सजस्ता सुविधा पनि उपलब्ध हुनेछन्।

हालै ट्रम्पले एप्पललाई धम्की दिएका थिए कि यदि आईफोनहरु भारतमा वा बाहिर बनाइएमा २५ प्रतिशत कर लगाइनेछ। यसका बाबजुद पनि टिम कुकको कम्पनीले भारतमा उत्पादन बढाइरहेको छ। अब ट्रम्पले मोबाइल लन्च गरेर एप्पलसँग प्रतिस्पर्धा गर्नेछन्।

ट्रम्प मोबाइलको कम मूल्य र ‘मेड इन यूएसए’को दाबीले यसलाई विशेषगरी ट्रम्प समर्थकहरुमाझ प्रारम्भिक प्रचार दिन सक्छ। तर, एप्पलसँग प्रतिस्पर्धा गर्न यसले गुणस्तर, प्रदर्शन र दीर्घकालीन सफ्टवेयर समर्थनसँग मेल खानुपर्नेछ, जुन अहिले गाह्रो देखिन्छ।

कम्पनीले फोन पूर्ण रुपमा अमेरिकामा बनाइने र कल सेन्टरहरु पनि यहाँ हुनेछन् भनी जनाएको छ। ट्रम्प अर्गनाइजेसन ट्रम्पका छोराहरु डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पद्वारा सञ्चालित छ। स्वार्थको द्वन्द्वबाट बच्न यो निर्णय लिइएको हो।

ट्रम्प अर्गनाइजेसनले न आफैँले फोन डिजाइन गरिरहेको छ न त यसले बनाउनेछ न सेवा प्रदान गर्नेछ। टी१ मोबाइल एलएलसी नामको अर्को कम्पनीले बनाउनेछ। ट्रम्पले एलएलसीसँग आफ्नो ब्रान्ड नामको लाइसेन्स सम्झौता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS