IME Life New

डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकामा उर्लियो जनसागर, हिटलर बन्न खोजेको आरोप

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । डोनाल्ड ट्रम्प र उनका कठोर नीतिविरुद्ध शनिबार न्युयोर्क, वासिङ्टनलगायत अमेरिकाका सयौँ सहरमा लाखौँ मानिसले दोस्रो ठूलो प्रदर्शन गरेका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार न्युयोर्कमा प्रदर्शनकारी सहरको मुख्य पुस्तकालयबाहिर भेला भए र ‘नो किंग्स इन अमेरिका’ र ‘निरंकुशताको प्रतिरोध गर्नुहोस्’ जस्ता नारा लेखिएका पोस्टर र ब्यानर बोकेका थिए। यी विरोध प्रदर्शनमा धेरैजसो आक्रोश ट्रम्पको आप्रवासन नीतिविरुद्धमा थियो। मानिसहरु ठूलो स्वरमा नारा लगाइरहेका थिए – ‘नो आइस, नो फियर, इमिग्रेन्ट्स आर वेलकम हियर’। यो नारा अमेरिकी अध्यागमन एजेन्सी आईसीई अर्थात् अध्यागमन र भन्सार प्रवर्तनको विरोधमा थियो। जसले अवैध आप्रवासीलाई हिरासतमा राख्छ।

Crest

वासिङ्टन डीसीका प्रदर्शनकारीहरुले ट्रम्प प्रशासनले संवैधानिक सिद्धान्त, विशेषगरी उचित प्रक्रियाको अधिकारलाई कमजोर बनाएको आरोप लगाए। रिपोर्टका अनुसार ह्वाइट हाउसबाहिर प्रदर्शन गरिरहेका ४१ वर्षीय बेन्जामिन डगलसले भने, ‘यो प्रशासनले कानुनको शासन र नागरिकहरुको अत्याचार नहुने आधारभूत अवधारणामाथि प्रत्यक्ष आक्रमण गरिरहेको छ।’

डगलसले प्यालेस्टिनी समर्थक विद्यार्थी प्रदर्शनकारी महमुद खलिलको रिहाइको माग गर्दै पोस्टर बोकेका थिए। डगलसले भने, ‘केही व्यक्तिलाई जानाजानी विदेशीप्रति घृणा जगाउने र लामो समयदेखि रहेको कानुनी सुरक्षालाई कमजोर पार्ने प्रयासमा लक्षित गरिएको छ।’

‘हामी ठूलो खतरामा छौँ’ न्युयोर्ककी अर्की प्रदर्शनकारी ७३ वर्षीया क्याथी भ्याली (जो होलोकास्टबाट बचेकाहरुकी छोरी) भनिन्, ‘हिटलरको उदयका बारेमा मेरा आमाबाबुले मलाई सुनाएका कथाहरु आज ट्रम्प युगसँग सान्दर्भिक छन्। फरक यति मात्र हो कि ट्रम्प हिटलर वा अन्य फासीवादी नेताहरुभन्दा बढी मूर्ख छन्। उनी प्रयोग भइरहेका छन् र उनको आफ्नै टोलीभित्रै दरार छ।’

बाल्टिमोरको जोन्स हप्किन्स विश्वविद्यालयमा इम्युनोलोजीमा पीएचडी गर्ने २६ वर्षीया विद्यार्थी डेनिएला बटलरले विज्ञान र जनस्वास्थ्य कोषमा ट्रम्प प्रशासनको कटौतीको बारेमा चिन्ता व्यक्त गरिन्। ‘जब विज्ञानलाई बेवास्ता गरिन्छ, मानिसहरु मर्छन्’, उनले भनिन्। उनले टेक्सासको नक्सा बोकेकी थिइन्। जसमा हालै दादुराको महामारी फैलिएको स्थानहरु देखाइएको थियो।

टेक्सासको ग्याल्भेस्टनमा पनि एउटा सानो समूहले विरोध प्रदर्शन गर्यो। ६३ वर्षीया लेखिका प्याट्सी ओलिभरले भनिन्न्, ‘यो मेरो चौथो प्रस्तुति हो। सामान्यतया म अर्को चुनावको लागि पर्खन्थेँ तर अब हामीले यति धेरै गुमाइसकेका छौँ कि अब हामी चुप लागेर बस्न सक्दैनौँ।’

सान फ्रान्सिस्कोको समुद्र तटको बालुवामा सयौँ मानिसले ‘इम्पिच रिमुभ’ लेखेका थिए। केही प्रदर्शनकारीले अमेरिकी झन्डा उल्टो पनि फहराए। जुन संकटको परम्परागत प्रतीक मानिन्छ।

‘५०५०१’ नामक समूह (जसको अर्थ ५० राज्यमा ५० वटा विरोध प्रदर्शन र एउटा आन्दोलन हो)ले देशभरि लगभग ४०० विरोध प्रदर्शनको योजना रहेको जनाएको छ। आयोजकले लाखौँको सहभागिताको अपेक्षा गरे पनि अप्रिल ५ मा भएको ‘ह्यान्ड्स अफ’ प्रदर्शनको तुलनामा यसपटक भीड कम थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS