IME Life New

पाँच वर्षपछि भारत र चीनबीच सीधा उडान पुनः सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको कोलकाताबाट लगभग १८० यात्रु बोकेको इन्डिगोको उडान ६ई–१७०३ सोमबार चीनको ग्वाङ्झाउ पुगेको छ। यससँगै भारत र चीनबीच सीधा उडान लगभग ५ वर्षपछि पुनः सुरु भएका छन्।

कोभिड–१९ महामारीको समयमा सन् २०२० को सुरुमा दुई देशबीच सीधा उडान निलम्बित गरिएको थियो। त्यही वर्ष लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको हिंसात्मक झडपपछि उडान पुनः सुरु भएनन्।

Esewa
Crest

यद्यपि, दुई देशबीचको सम्बन्ध विस्तारै सुधार हुँदै गइरहेको छ। गत वर्ष दुई पक्षले सीमा गस्तीमा ऐतिहासिक सम्झौतामा पनि हस्ताक्षर गरेका थिए।

यस वर्षको अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७ वर्षपछि चीनको भ्रमण गरेका थिए र सोही महिना चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भारतको भ्रमण गरेका थिए।

भारत सरकारले उडान पुनः सुरु गर्नाले जनता–जनताबीचको सम्पर्क बढ्ने र ‘विस्तारै द्विपक्षीय सम्बन्धलाई सामान्य बनाउन’ मद्दत गर्ने जनाएकोे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS