IME Life New

डिप्रोक्स लघुवित्तः अधिकांश वित्तीय सूचकमा लोभलाग्दो प्रगति, करिब २००%ले बढ्यो नाफा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु वर्ष पहिलो ३ महिनामा संस्थाले २० करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ६ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष संस्थाको नाफामा १९७.४४ प्रतिशतको बढोत्तरी भएको छ।

Crest

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि १९६.६८ प्रतिशतले बढेर २८ करोड ८१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ९ करोड ७१ लाख रुपैयाँमा सीमित थियो।

चालु वर्षको असोजसम्म संस्थाको खुद ब्याज आम्दानी ५३ करोड ३५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी ४१ करोड ६१ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा २८.२१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ७५ करोड ९० लाख रुपैयाँ रहेको छ। प्रथम त्रैमाससम्म संस्थाको लाभांश वितरण गर्ने क्षमता ४०.६३ प्रतिशत देखिएको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ८.७३ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल ९.०१ प्रतिशत थियो।

चुक्तापुँजी १ अर्ब ८६ करोड २८ लाख रुपैयाँ रहेको संस्थाको समीक्षा अवधिमा रिटेन्ड अर्निङमा ७५ करोड ९० लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ५० करोड ५५ लाख रुपैयाँ छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा ६० करोड ६४ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ४२ करोड ७० लाख रुपैयाँ थियो। रिटेन्ड अर्निङ र रिजर्भको आकार बढेको छ।

समीक्षा वर्षसम्म संस्थाले ११ अर्ब ३९ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ५० करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म संस्थाले ११ अर्ब १ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेर २५ अर्ब ३२ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १७१.५८ प्रतिशतले बढेर ४३.२९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १५.९४ रुपैयाँ थियो। पीई रेसियो १८.६२ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ २२१.२१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS