काठमाडौं । शेयर कारोबार दिपेन्द्र अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अग्रवाललाई आज पक्राउ गरेको हो। उनलाई अहिले कार्यालयमा राखेर सोधपुछ भइरहेको प्रहरी स्रोत बताउँछ।
आर्थिक अपराधसम्बन्धी विभिन्न विषयमा अग्रवालविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ। तिनै विषयमा प्रहरीले अहिले अग्रवालसँग सोधपुछ गरिरहेको छ।

















