IME Life New

विकास हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीको आइपीओ आज असार २९ गते बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बिहान साढे ९ बजे आइपीओ बाँडफाँट गरिएको हो। यो आइपीओ सर्वसाधारणका लागि गत असार १८ गतेदेखि असार २२ गतेसम्म बिक्री खुला गरिएको छ।

Esewa
Crest

कम्पनीले दोस्रो चरणमा ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। यो आइपीओमा २१ लाख ५० हजार ६७२ जनाबाट २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता शेयर खरिदका लागि आवेदन नपरेको थियो।

कुल आवेदनमध्ये २० लाख ४३ हजार ६८६ जनाबाट परेको २ करोड ३४ लाख ८३ हजार ९० कित्ता शेयर सदर भएको छ। बाँकी १ लाख ६ हजार ९८६ जनाबाट परेको २६ लाख ६५ हजार २६० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा सदर आवेदकमध्ये २ लाख ९४ हजार २७६ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। यो हिसाबले सदर आवेदकमध्ये १७ लाख ४९ हजार ४१० जनाको हात खाली भएको छ।

यो आइपीओको नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र जारी गर्ने कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटसँगै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%
happy

खुसी

45%
sad

दु :खी

9%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS