IME Life New

स्वास्थ्य बीमाको दाबी सहज बनाउन दिल्ली उच्च अदालतको आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको दिल्ली उच्च अदालतले स्वास्थ्य बीमाको दाबी सहज बनाउन केन्द्रीय र स्थानीय सरकारमा आदेश जारी गरेको छ।

दिल्ली उच्च अदालतले दुवै तहका सरकारलाई बीमितलाई झन्झटमुक्त बनाउन स्वास्थ्य बीमाको दाबी भुक्तानी सरल र सहज बनाउन एउटा संयन्त्र बनाएर परिचालन गर्न आदेश दिएको हो। बीमा कम्पनीहरुले समयमै दाबी भुक्तानी नगर्दा अस्पतालहरुले बिरामीलाई बेलैमा डिस्चार्ज गर्न अनाकानी गरेको भन्दै परेको रिटमा न्यायाधीश निना बन्सलको एकल इजलासले यस्तो आदेश दिएको हो।

Esewa
Crest

केन्द्रीय र दिल्ली सरकारले बीमा नियामकसँग समन्वय गरेर स्वास्थ्य बीमाको दाबी भुक्तानीसम्बन्धी समस्या समाधान गर्न पहल गर्नुपर्ने उच्च अदालतको आदेशमा उल्लेख छ।

अदालतले बिरामी र तिनका परिवारले बिल भुक्तानीमा अस्पतालबाट व्यहोर्नुपर्ने दबाबमा पनि ध्यानाकर्षण भएको छ। ‘अस्पतालहरुले सम्बन्धित बीमा कम्पनीसँग सहकार्य गरेर दाबी भुक्तानी छिटो र छरितो बनाउनुपर्छ’, अदालतले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS