काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठलाई मातृ शोक परेको छ। श्रेष्ठकी आमा जगमाया देवी श्रेष्ठको ७२ वर्षको उमेरमा आइतबार बिहान ६ बजे निधन भएको हो ।
वहाँको पार्थिव शरिरको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। सन् १९५४ मे ८ तारेखमा जन्मिनु भएकी स्वर्गिय जगमायाको श्रीमान् र तीन छोरा छन् । एशियन लाइफ इन्स्योरेन्स सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ उनको जेठा सन्तान हुन् ।
अन्त्येष्टीमा श्रेष्ठ परिवारका सदस्य, आफन्तजनका अतिरिक्त उद्यमी व्यवसायी, बैंक वित्तीय संस्थाका प्रमुख र सञ्चारकर्मी समेतको उपस्थिति रहेको थियो ।












