IME Life New

असार ९ बाट आइपीओ ल्याउँदै दरमखोला हाइड्रो, क-कसले भर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीले असार ९ गतेबाट आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ ल्याउन लागेको हो।

नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रोलाई जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशतले हुन आउने ३९ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति दिएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकिद दरका कुल ३९ लाख ५० हजार कित्ता आइपीओ ल्याउने अनुमति पाएको हो।

Esewa
Crest

कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित गुल्मीको मुसीकोट नगरपालिका, बागलुङको गल्कोट नगरपालिका र बडीगाड नगरपालिकाका स्थानीयलाई र सर्वसाधारणलाई छुट्याइएको २९ लाख १९ हजार ५०० कित्ताशेयरको १० प्रतिशतले हुन आउने २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गर्नेछ। दोस्रो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ५८ हजार ३९० कित्ता कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगाानीलाई र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

यो आइपीओमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपाली र स्थानीयले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन्। यो अवधिभित्र स्थानीयका लागि जारी आइपीओ पूर्ण रुपमा बिक्री नभएको खण्डमा जारी अवधि साउन ६ गतेसम्म लम्बिन सक्छ।

वैदेशिक रोजगारमा रहेका नेपालीले धितोपत्र बोर्डबाट सी–आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। स्थानीयले भने ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा, दरमखोला पावरहाउसको स्वीकृतिपछि तोकिने संकलन केन्द्रबाट खरिद आवेदन दिन सक्नेछन्।

दरमखोला हाइड्रोको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS