IME Life New

डाँफे एयरलाइन्सले पायो एनओसी, २०८३ को दशैंदेखि उडान भर्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्र प्रवर्द्धित वायूसेवा कम्पनी, डाँफे एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरेको छ।

एनओसी व्यवसायीक उडान सञ्चालन गर्नु अघिको चौथो.चरण हो। अब विमान भित्र्याउने, प्रशिक्षण उडान भर्ने लगायत चरण पुरा गरेपछि मात्र व्यवसायीक उडान भर्ने इजाजत पत्र प्राप्त हुनेछ।

Esewa
Crest

एयरलाइन्सले २०८३ को दशैंबाट नियमित उडान सञ्चालन सुरु गर्ने तयारी भइरहेको दाबी गरेको छ।

२०२१ देखि सिनामंगलमा कार्यालय सञ्चालनमा ल्याएको यो एयरलाइन्सले एटीआर ६०० विमानमार्फत् सेवा दिने जनाएको छ। कम्पनीका अनुसार, ६ वटा विमानमार्फत् सेवा दिने तयारी छ। कम्पनीले दुई वर्ष अघि उडान बन्द भइसकेको मकालु एयरको स्वामित्व खरिद गरेको थियो।

कम्पनीले यस्तो दाबी गरेपनि विमान खरिद गर्न वित्तीय श्रोत सुनिश्चित गर्न चुनौती देखिएको छ।

अहिले विश्व बजारमा एटीआर ६०० विमान नयाँ वा पुरानो बिक्रीका लागि सहजरुपमा उपलब्ध छैन । साथै, विमान मर्मत सम्भारका लागि आवश्यक पर्ने पार्टपूर्जाको पनि आपूर्तिलाई श्रृंखला खलबलिएको छ।

यी चुनौतीलाई सम्बोधन गर्दै कम्पनीले सेवा सञ्चालनमा गर्नुपर्नेछ।

स्मरण रहोस्, गैर आवासीय नेपाली भुवन भट्टको बीबी एयरवेजले दोस्रोपटक  पुनः सेवा शुरु गर्ने तयारी गरेपनि वित्तीय श्रोत सुनिश्चित गर्न नसकेपछि उडान भर्न नपाई इजाजत पत्र खारेज भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS