IME Life New

कच्चा तेलको मूल्य ४ वर्षयताकै उच्च, प्रतिब्यारेल ११० डलर नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका र इजरायलीले इरानमाथि गरेको आक्रमणपछि कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० डलरभन्दा माथि पुगेको छ। जुन ४ वर्षयताकै उच्च हो।

तेल र ग्यास आपूर्तिका लागि विश्वको सबैभन्दा महत्वपूर्ण मार्गहरुमध्ये एक होर्मुजको जलडमरूम (होर्मुजा अफ स्ट्रेट) बन्द भएपछि कच्चा तेलको मूल्य बढेको छ। अमेरिका, इजरायल र इरानबीच जारी युद्धका कारण यो जलमार्ग बन्द छ।

Esewa
Crest

ब्रेन्ट कच्चा तेलको मूल्य १८ प्रतिशतले बढेर प्रतिब्यारेल १०८.६८ डलर पुगेको छ। अमेरिकी तेल डब्ल्यूटीआई लगभग २० प्रतिशतले बढेर प्रतिब्यारेल ११० डलर पुगेको छ।

फेब्रुअरी सन् २०२२ मा युक्रेनमा रुसको आक्रमणपछि कच्चा तेलको मूल्यमा यो सबैभन्दा ठूलो वृद्धि हो। त्यतिबेला पनि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS