IME Life New

क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी. र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान फेमस तास हाउस रेस्टुरेन्ट, हेटौडामा सम्पन्न भएको हो ।

क्षेत्रीय प्रमुख अजय फुयलले सञ्चालन गरेको कार्यक्रममा हेटौडा र आसपासका क्षेत्रबाट उल्लेखिय संख्यामा अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

Crest

उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा अभिकर्ताहरूले व्यक्तिगत संवाद र अनुभव साझा गर्दै यस कार्यक्रमले थप ऊर्जा र उत्साह थप्ने धारणा राख्नुको साथै सम्मानित अभिकर्ताहरूले कम्पनीको भाबी योजना र लक्ष्यमा योगदान दिने प्रतिबद्धता जनाएका थिए ।

लघु बीमाको बजारीकरणमा अभिकर्ताको भुमिकाको बारेमा नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.ले धारण व्यक्त गरेका थिए ।

बजार प्रमुख दिनेश खड्काले लघु बीमाको सम्भाव्य बजार र अभिकर्ताले बनाउनु पर्ने योजना बारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS