काठमाडौं । कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजीकरण गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८२ /८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले यस्तो बताएका हुन् ।
साथै न्युन र मध्यम आय भएका घर परिवारको जीवन स्तर सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले कृषि पसल, कृषियोग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्याकन गरी रु.१० लाखसम्म कृषि वा व्यवसाय कर्जा प्रवाह गर्न सकिनेछ । यसरी प्रवाह हुने १० लाखसम्मको कर्जाको समयभित्र न्युनतम कर्जा नोक्सानीको गणना गरिने छ ।
बैंक तथा वित्तीय संस्थाले खाद्यन्न, बाली, पशुपन्छी, माछापालन लगायतका कृषि व्यवसायसंग सम्बन्धीत कार्यका लागि व्यवसायिक फर्मलाई विभिन्न अवधि र प्रकृतिको कर्जा प्रवाह गर्न सकिनेछ ।

















