IME Life New

साहास ऊर्जाको आकर्षक लाभांश घोषणा, १००% हकप्रद पनि जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साहास ऊर्जाले आर्थिक वर्ष २०८१।८२ का लागि आकर्षक लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल २२.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश छन्।

Esewa
Crest

गत वर्ष कात्तिक ४ गते बसेको कम्पनीको साधारणसभाले तत्काल कायम शेयरमा १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो।

अब गत आर्थिक वर्षको बोनस शेयर जारी पनि कायम हुने चुक्तापुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको १०० प्रतिशत अर्थात ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँबराबरकै हकप्रद शेयर जारी गर्ने कम्पनीले निर्णय गरेको छ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS