IME Life New

भूउपग्रहमा आधारित कृषि बाली बीमाको लाभ विस्तारका लागि सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इनिसिएटिभ फर इन्स्योरेन्स इन्स्टिच्युट ल्याबको उद्देश्यमा सहकार्य गर्न थालेका चार नेपाली संस्थाले नेपाली किसानका लागि देशको पहिलो उपग्रह–आधारित मौसम सूचकांक बीमा गुरुयोजना लागू गरिएको छ। यो सहकार्यले नेपालका १० हजारभन्दा बढी किसानलाई खडेरी र अत्याधिक गर्मीजस्ता जोखिम समेट्दै महत्वपूर्ण सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।

यस परियोजनामा अग्रणी जलवायु बीमा प्रविधि स्टार्टअप प्लान्टस्याटले शिखर इन्स्योरेन्स कम्पनीसँग साझेदारी गरेको छ। यो साझेदारीले साना किसानले जलवायु जोखिमहरु कसरी व्यवस्थापन गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने छ। उनीहरुसँग नेपाल कृषि सहकारी केन्द्रीय महासंघको १ हजार ३०० भन्दा बढी कृषि सहकारी र १३ लाख कृषि घरपरिवारको व्यापक सञ्जाल छ। जसले वितरण र नेटवर्क विकासलाई समर्थन गर्नेछ। ई–सेवा नेपालको अग्रणी डिजिटल वालेटले यसको ई–वालेट सेवाहरुमार्फत बीमाशुल्क संकलन र भुक्तानी प्रक्रियालाई सहज बनाउनेछ।

Esewa
Crest

सुरुमा इनिसिएटिभ फर इन्क्लुसिब इन्स्योरेन्स–ल्याबको समयमा सम्भावित दोस्रो गुरुयोजनाका रुपमा प्रस्ताव गरिएको यो बीमा समाधान आधिकारिक प्रयोगशाला प्रक्रिया समाप्तिपछि सफलतापूर्वक लागू गरिएको हो। यसले वास्तविक–समय आधारित मौसम तथ्यांकका आधारमा स्वचालित भुक्तानी प्रक्रिया सञ्चालन गर्न भूउपग्रह प्रविधि प्रयोग गर्दछ। जसले किसानलाई आवश्यक पर्दा समयमै क्षतिपूर्ति प्रदान गर्दछ।

यो परियोजना सुरुआतमा मकै र धान किसानलाई खडेरी र अत्याधिक गर्मीजस्ता जलवायु चरम सीमाबाट महत्वपूर्ण सुरक्षा प्रदान गरेर सुरु गरिँदैछ।

उपग्रहमा आधारित सूचकांक बीमा किन ?

नेपालमा ८० प्रतिशत खेत या त धेरै सानो वा धेरै दुर्गम छन्। जसले परम्परागत बीमा विधिलाई महँगो र अव्यावहारिक बनाउँछ। यसबाहेक जमिन–आधारित मौसम स्टेसनहरु सीमित छन् र सबै क्षेत्र समेट्दैनन्। तर, भूउपग्रह प्रविधिले यो अवस्थामा परिवर्तन गरेको छ। लागत र पहुँचको सामान्य अवरोधहरू हटाउने वृहद समाधान प्रदान गर्दै यसले नेपालको हरेक भागलाई समेट्न सक्छ। यसको अर्थ विशिष्ट मौसमी अवस्थाहरु पूरा हुँदा किसानका लागि द्रुत र स्वचालित दाबी भुक्तानी प्रणाली हो।

किसानले कसरी लिनेछन् लाभ ?

  • खडेरी र अत्याधिक गर्मीको जोखिमसँग लड्न तयार पारिएको उपग्रह–आधारित मौसम सूचकांक–आधारित बीमा योजनाहरु।
  • झन्झटमुक्त नामांकन र दाबी प्रशोधनका लागि प्रयोगकर्ता–अनुकूल डिजिटल उपकरणहरु।
  • द्रुत र स्वचालित भुक्तानीले किसानलाई प्रतिकूल मौसमको प्रभावलाई कुशलतापूर्वक व्यवस्थापन गर्न र न्यूनीकरण गर्न मद्दत गर्दछ। जसले गर्दा उनीहरु छिटो पूर्वावस्थामा फर्किन सक्छन्।

किसानहरुले विशिष्ट उपग्रह–आधारित मौसमअनुसारको वातावरणीय सर्त पूरा हुँदा स्वचालित रुपमा दाबी भुक्तानी प्राप्त गरिन्छ। यसले गर्दा दाबी भुक्तानीमा हुने ढिलाइ र लागत घट्छ तथा उनीहरुलाई आवश्यक परेको बेला आवश्यक सहयोग प्राप्त गर्न धेरै सजिलो हुन्छ।

प्लान्टस्याटले यो परियोजनाको मुख्य उद्देश्य नेपालभरका लाखौँ किसानलाई सहयोग गर्न मापन गर्नु हो। जसले गर्दा प्रत्येक किसानले जलवायु परिवर्तनको कारणले सबै गुमाउने भय बिना नै किसानले आफ्नो बालीमा लगानी गर्न सकून् भन्ने सुनिश्चित हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS