IME Life New

सिटिजन्स बैंकको नाफामा संकुचन, खराब कर्जा ६% नजिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालू आर्थिक वर्ष २०८१।८२ को तेश्रो त्रैमाससम्म ९६ करोड खुद मुनाफा गरेको छ। गत आर्थिक वर्ष बैंकले १ अर्ब २१ करोड खुद मुनाफा गरेको थियो । खुद मुनाफा २०.६० प्रतिशत घटेको छ।

खुद ब्याज आम्दानी ११.५८ प्रतिशत बढेको छ । गत वर्ष ४ अर्ब २५ करोड खुद ब्याज आम्दानी रहेकोमा अहिले ४ अर्ब ७४ करोड खुद ब्याज आम्दानी रहेको छ। संचालन मुनाफा अहिले १ अर्ब ३३ करोड रहेकोमा गत वर्ष १ अर्ब ८६ करोड थियो।

Crest

प्रतिशेयर आम्दानी ११.३७ बाट घटेर ८.६८ रुपैयाँ पुगेको छ। वितरणयोग्य मुनाफा १६ करोड २६ लाख रहेको छ।

कम्पनीले १ खर्ब ९८ अर्ब निक्षेप उठाएको छ भने १ खर्ब ६७ अर्ब कर्जा दिएको छ। कम्पनीको खराब कर्जा वृद्धि हुँदै ५.७१ प्रतिशत पुगेको छ। गत वर्षको खराब कर्जा ३.७६ प्रतिशत थियो ।

कम्पनीको प्रतिशेयर नेट्वर्थ १५२.७५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS