IME Life New

जेठ २३ बाट १००% हकप्रद शेयर जारी गर्दै छ्याङ्दी हाइड्रोपावर, कहिलेसम्म कायम शेयरधनीले भर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई जेठ २३ गतेबाट १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै हकप्रद शेयर निष्कासनको मिति तय गरेको हो। कम्पनीले अब चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

कम्पनीको यो हकप्रदमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखाहरुबाट र सीडीएससीको मेरो शेयरबाट अनलाइनन आवेदन दिन सक्नेछन्।

यो हकप्रद शेयरमा लगानीकर्ताले आउँदो असार १२ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। यसको अर्थ जेठ १ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रद शेयरमा खरिद आवेदन दिन पाउनेछन्।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS