IME Life New

चिनियाँ नियामकले बढायो बीमकले शेयरमा गर्ने लगानीको सीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चीनमा बीमा कम्पनीहरुले शेयरमा गर्ने लगानीको सीमा बढेको छ।

नेसनल फाइनान्सियल रेगुलेटर एड्मिनिस्ट्रेसनले बीमा कम्पनीहरुले शेयरमा गर्ने लगानीको सीमा बढाएको हो। वास्तविक क्षेत्रका लागि पुँजी जुटाउन र लगानीका संयन्त्र बढाउन बीमकको बीमा कोषबाट शेयरमा गरिने लगानीको सीमा बढाइएको चिनियाँ नियामकले जनाएको छ।

Crest

लगानीको सीमा केही बीमा कम्पनीका लागि ५ प्रतिशतसम्मले बढाइएको इन्स्योरेन्स एसियामा प्रकाशित खबरमा उल्लेख छ। उदयीमा उद्योग र क्षेत्रलाई उत्पादनशील क्षेत्रमा बढावा दिन रणनीति लगानीका रुपमा चिनियाँ नियामकले यो कदम चालेको हो।

देशको अर्थतन्त्रलाई दीर्घकालीन योगदान पुर्याउने क्षेत्रको विकास र विस्तारका लागि बीमा कोषको रकमलाई प्रयोगमा ल्याउन नीतिगत व्यवस्थाहरु परिवर्तन गर्दै जाने चिनियाँ नियामकले जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS