IME Life New

सीडीएससीको अन्तिम तथ्याङकः कतिले पाउने भए नेपाल माइक्रोको आइपीओ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा १९ लाख बढीले आवेदन दिएका छन् । सीडीएससीको अन्तिम तथ्याङक अर्थात फागुन १६ गते विहान १० बजेको तथ्याङक अनुसार १९ लाख २ हजार ९८४ जनाबाट २ करोड ४५ लाख ४ हजार ३१० कित्ता खरिदका लागि आवेदन परेको छ। यो भनेको १३.२८ गुणा बढी आवेदन परेको हो ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

Crest

कम्पनीले फागुन ११ गतेबाट सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो।
आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS