IME Life New

कनेक्ट आइपीएसबाट फ्लाइट तथा बसको टिकट भुक्तानी गर्दा क्यास ब्याक पाइने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकटको भुक्तानी कनेक्ट आइपीएसबाट गर्दा आकर्षक “शुभ लाभ अफर” सार्वजनिक भएको छ । जस अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी कनेक्ट आइपीएस मार्फत गर्दा भदौ २२ गतेदेखि असोज १८ गतेसम्म आकर्षक क्यासब्याक तथा छुट पाउन सकिनेछ । क्यासब्याक अफर बुद्ध एयर, एयरलाइन्स, यति एयरलाइन्स र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध रहेको छ ।

बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्ट आइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले रु १०१ क्यासब्याकका साथै ५ लक्की जोडीलाई माउन्टेन फ्लाईट जित्ने मौका पाउन सक्नेछन् । त्यस्तै एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्टआइपीएसबाट गर्दा रु ५०१ क्यासब्याक प्राप्त गर्न सकिनेछ । साथै यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा “YTCIPS300”  प्रोमो कोड प्रयोग गरेर रु ३०० एयरलाइन्सको छुट संगै १० लक्की जोडीले माउन्टेन फ्लाईट जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

Crest

त्यस्तै बस सेवाबाट टिकट काटेर कनेक्टआइपीएस मार्फत भुक्तानी गर्ने पहिलो १००० ग्राहकहरुले रु ५१ क्यासब्याक प्राप्त गर्नेछन् । यी अफरहरुमा प्रति बैंक खातामा एक पटक मात्र क्यासब्याक प्राप्त हुनेछ ।

कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो । कनेक्ट आइपीएसको नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्थाहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS