IME Life New

अस्ट्रेलियामा अचाक्ली बढ्यो गाडी चोरीका घटना, नौ वर्षमा दोब्बर भयो बीमा दाबी रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अस्ट्रेलियामा गाडी चोरीका घटना अचाक्ली बढेको छ। योसँगै पछिल्लो ९ वर्षमा गाडी चोरीपछि पर्ने बीमा दाबी रकम पनि करिब दोब्बर भएको छ।

बीमा परिषद् अस्ट्रेलिया (आईसीए)का अनुसार सन् २०१५ मा गाडी चोरीपछि पर्ने बीमा दाबी रकम १३ करोड ७३ लाख अमेरिकी डलर रहेको थियो। यो रकम सन् २०२४ मा बढेर २६ करोड ९५ लाख डलर पुगेको छ। सन् २०१५ को तुलनामा सन् २०२४ मा गाडी चोरीपछि पर्ने बीमा दाबी रकम झन्डै दोब्बर अर्थात ९६ प्रतिशत पुगेको हो।

Esewa
Crest

पछिल्लो ९ वर्षमा गाडी चोरीपछि पर्ने बीमा दाबी २७ प्रतिशतले बढेको छ। सन् २०१५ मा यस्ता बीमा दाबी २२ हजार परेकोमा सन् २०२४ मा बढेर २८ हजार पुगेको छ।

अस्ट्रेलियाको क्विन्सल्यान्ड र मेट्रो भिक्टोरियामा गाडी चोरीका घटना अत्याधिक बढेको छ। क्विन्सल्यान्डमा गाडी चोरीका घटना ६२ प्रतिशतले बढ्दा मेट्रो भिक्टोरियामा ३४ प्रतिशतले बढेको छ।

अर्कोतर्फ अस्ट्रेलियामा गाडी बीमाको प्रिमियम पनि बढेको छ। गाडी मूल्यसँगै पार्टपुर्जाको लागत बढ्नु र मजदुरको ज्याला उकालो लाग्दा गाडी बीमाको प्रिमियम बढेको आईसीएको नायब प्रमुख कार्यकारी अधिकृत केलाई म्याकफार्लेनले बताए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS