IME Life New

बुंगल हाइड्रोको शेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुंगल हाइड्रोको भोलि सोमबारबाट कारोबारमा आउने भएको छ।

बुंगल हाइड्रोको शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार आउँछ। त्यसैले यो कम्पनीको शेयर भोलि सोमबारबाट कारोबारमा आउने भएको हो।

Esewa
Crest

नेप्सेमा बुंगल हाइड्रोको ८३ लाख कित्ता शेयर सुचीकृत भएको छ। जसमा संस्थापकको ५३ लाख ९५ हजार (६५ प्रतिशत) र सर्वसाधारणको २९ लाख ५ हजार (३५ प्रतिशत) रहेको छ।

नेप्सेले बुंगल हाइड्रोलाई ‘बीयूएनजीएएल’ नै प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम प्रतिकित्ता १००.८८ रुपैयाँ र अधिकतममा ३०२.६४ रुपैयाँ तोकेको छ।

अब सोमबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

बुंगल हाइड्रोले गत भदौ १६ गतेदेखि असोज १९ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट गत असोज २ गते धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलमा भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS