IME Life New
GBIME

६ विषयमा मास्टर डिग्री गरेका बुढाथोकीलाई अर्थशास्त्रमा विद्यावारिधी

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एउटा मान्छेले सामान्यतया कति वटा विषयमा स्नातकोत्तर तहको औपचारिक शिक्षा हासिल गर्ला ? एउटा, दुइवटा, तीनवटा वा बढीमा चार वटा । त्यो पनि आफ्नो पेशाका लागि नभई नहुने अवस्थामा वा जागिरे हो भने कुनै नयाँ अवसरको खोजीका लागि। यहाँ नेपालमा केही सीमित व्यक्तित्वमध्ये एक हुन् कृष्णहरि बुढाथोकी, जो अध्ययन गर्न थाक्दैनन् र निरन्तर कुनै न कुनै विषयको अध्ययन गर्दै आफ्नो शैक्षिक प्रमाण पत्र समेत हासिल गर्न भ्याउँछन् ।

बुढाथोकी कै भनाइमा उनले हालसम्म ६ वटा विषयमा स्नातकोत्तर तहको उपाधी हासिल गरि सकेका छन् । बुढाथोकीले त्रिभूवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य, अर्थशास्त्र, व्यवस्थापन, समाजशास्त्र, राजनीतिक शास्त्र र जनप्रशासन विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका छन् ।

Crest

पछिल्लो पटक उनले अर्थशास्त्र विषयमा सोधवापत विधावारिधी उपाधी समेत हासिल गरेका छन् । बुढाथोकीलाई त्रिभूवन विश्वविद्यालयको मानविकी संकायले अर्थशास्त्र विषयमा विद्यावारिधी उपाधी प्रदान गरेकाे हो ।

बुढाथोकीले नेपालका राजनैतिक नेतृत्वले आर्थिक विकासमा दिने याेगदानको विषयमाथि विधावारिधीका लागि अनुसन्धान गरेका थिए । उनले अर्थशास्त्रमा विधावारिधी गर्नु अघि अंग्रेजी विषयमा एमफिलसम्मकाे अध्ययन समेत पुरा गरेका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS