IME Life New

बुद्ध रिजेन्सीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको प्रतिष्ठित आतिथ्य सत्कार उद्मोग प्रति समर्पित सिद्धार्थनगर, लुम्बिनीमा अवस्थित पाँच तारे स्तरको होटेल बुद्ध रिजेन्सीले आइपीओ निष्काशन गर्ने भएको छ । होटलले सर्वसाधारणका लागि जारी गरिने १ सय रुपैयाँ अंकित दरका १५,००,००० कित्ताले हुन आउने रु.१५,००,००,००० रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

उक्त शेयर निष्काशनका लागि बुद्ध रिजेन्सी लिमिटेडको तर्फवाट संचालक सुनिल अग्रवाल तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाण्डौमा भदौ २५ गते द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको हो ।

Esewa
Crest

बुद्ध रिजेन्सी होटल नेपालको सिद्धार्थनगर (भैरहवा) स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठीक अगाडि सञ्चालनमा आएको एक उत्कृष्ट ५–तारे लक्जरी होटल हो । यस होटेलले ’विन्डहम होटल्स एण्ड रिसोट्र्स’सँग साझेदारी गरी ’रामाडा बाइ विन्डहम’ ब्रान्ड अन्तर्गत सेवा प्रदान गरिरहेको छ।

यस होटलमा पूर्ण आरामदायी अनुभवका लागि डिजाइन गरिएका १०० भन्दा बढी सुविधायुक्त कोठाहरू उपलब्ध छन् । ’डेस्टिनेसन वेडिङ’ (विवाह समारोह) का लागि ठूला भव्य बैंक्वेट हलहरू र कर्पोरेट सम्मेलनका लागि दुईवटा समर्पित हलहरू छन् ।

.

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS