IME Life New

हिमालयन पावर पार्टनरको हकप्रद शेयरका लागि बुक क्लोजको मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद शेयर निष्कासन प्रयोजर्ना बुक क्लोजको मिति तय गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले हकप्रद शेयर जारी गर्न आउँदो चैत १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्।

Esewa
Crest

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। अब कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।

यस हिसाबले कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख २७ हजार ८५ कित्ता शेयर जारी गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ कायम हुनेछ।

हिमालयन पावर पर्टनरको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS