IME Life New

साढे ८ अर्बको लगानीमा भाटभटेनीको अस्पताल साउनदेखि सञ्चालनमा ल्याइँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भाटभटेनी समूहको समेत लगानीमा तीनकुनेमा निर्माणाधीन काठमाडौं इन्टरनेशनल अस्पताल आगामी साउन महिनादेखि सञ्चालनमा आउने भएको छ।

कुल तीन सय क्षमताको अस्पताल पहिलो चरणमा १०० शैय्या सहित सेवा सञ्चालनमा ल्याउन लागिएको हो।

Esewa
Crest

सन् २०२१ भन्दा अघि देखि निर्माणाधीन यो अस्पतालको सञ्चालन मिति पटक पटक सर्दै आएको छ। अस्पतालमा वित्तीय प्रगती ७० प्रतिशत र भाैतिक प्रगती ८० प्रतिशत पुरा भएको छ। भाटभटेनी समूहले आफ्ना सुपरमार्केटहरूको भाैतिक पूर्वाधार निर्माणको काम छोटो समयमा सक्दै आएकाले यसको अनुभवले यो अस्पताल पूर्व निर्धारित समय सीमाभित्रै सञ्चालनमा आउने अपेक्षा गर्न सकिन्छ।

रेटिङ एजेन्सी केयर रेटिङ्गस नेपालले अस्पताल निर्माण गरिरहेको कम्पनी काठमाडौं इन्टरनेशनल अस्पतालको बैंक कर्जा सुविधाको  क्रेडिट रेटिङ पुनः कायम गरेको छ। रेटिङ पुनः पुष्टि भएपनि निर्माणाधीन परियोजनाको भौतिक तथा वित्तीय प्रगति लक्षित समयरेखाभन्दा पछाडि रहेको छ। यसबाहेक निर्माण लागत वृद्धिले परियोजनाको जोखिम अझै उच्च बनाइरहेको केयर रेटिङ्गसले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ।

सन् २०२३ मा निर्माण लागत ७ अर्ब ४६ करोड ३० लाख रूपैयाँ अनुमान गरिएको थियो। अहिले यो लागत ८ अर्ब ४३ करोड ७० लाख रूपैयाँ पुगिसकेको छ। यो मध्ये ५ अर्ब ६५ करोड रूपैयाँ बैंक ऋणमार्फत र बाँकी स्वपूँजीबाट जुटाइदैंछ ।

केयर रेटिङ्गका अनुसार, यसअघि डिसेम्बर २०२३ मा पहिलोपटक रेटिङ तोकिँदा अनुमान गरिएको प्रगतिसँग तुलना गर्दा हालसम्मको भौतिक र वित्तीय उपलब्धि अपेक्षाकृत सुस्त रहेको छ।

विज्ञप्ती अनुसार संरचनागत निर्माण, भूमिगत तल्ला तथा मुख्य भवनसम्बन्धी काम सम्पन्न हुँदै गएको भए पनि आन्तरिक सजावट, उपकरण जडान र अन्य प्राविधिक कार्य अझै बाँकी छन्। कुल तीन सय शैय्या क्षमताको यो अस्पतालमा पहिलो चरणमा १०० शैय्या सहितको बहुविशेषज्ञ सेवा सञ्चालनमा ल्याइनेछ। पछिल्लो पटक तोकिएको लक्ष्य अनुसार आउँदो साउन महिनादेखि अस्पतालबाट आंशिकरूपमा सेवा शुरू गरिनेछ।

पूर्व लक्षित समय सीमा अनुसार, अस्पताल सञ्चालनमा आउनुपर्ने समयावधि धकेलिंदै जाँदा, परियोजनाले ऋणको साँवा र ब्याज किस्ता भुक्तानी गर्नुपर्ने समय पनि लम्बिएको छ। यसले सञ्चालन शुरू नहुँदासम्म नगद प्रवाहमा दबाब सिर्जना गर्ने जोखिम कायमै राखेको छ।

यो कम्पनीमा भाटभटेनी समूहका अध्यक्ष उद्यमी मिन बहादुर गुरूङ नेतृत्वले ४५ प्रतिशत हिस्सा शेयर स्वामित्व अधिग्रहण गरेको छ। यद्दपी केयर नेपालले रेटिङ सम्बन्धमा जारी प्रेस विज्ञप्तीमा यसबारे कुनै जानकारी समावेश गरेको छैन । यो अस्पतालमा ७१ करोड ५० लाख रूपैयाँ पूँजी लगानी गरेर भाटभटेनी समूह प्रवेश गरेको समाचारहरू यसअघि नै आम सञ्चारमाध्यमले प्रकाशन गरिसकेका छन् ।

यो अस्पताल चितवन मेडिकल कलेजका सञ्चालक डा. हरिशचन्द्र न्याैपाने नेतृत्वको लगानीकर्ताको समूहले निर्माण शुरू गरेको थियो। थप जग्गा अधिग्रहण, अन्तर्राष्ट्रिय मापदण्डको भाैतिक पूर्वाधार र मापदण्ड पालनामा संरचनागत परिवर्तन र निर्माणमा ढिलाइका कारण निर्माण लागत थपिंदा उनीहरूले भाटभटेनी समूहलाइ नयाँ साझेदारको रूपमा भित्र्याएका हुन्।

निर्माणाधीन १२ तल्ले अस्पताल भवनमा २ तल्ला भूमिगत, भुइँ तल्ला, ८ तला र सबैभन्दा माथिल्लो १ तल्ला हेलिप्याड रहनेछ । यसको कुल निर्माण क्षेत्रफल २७,७२६ वर्ग मिटर हुनेछ। हेलिप्याड निर्माण गरिएपनि नजिकै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भएकाले अस्पतालको छतमा हेलिकप्टर अवतरण वा उडान भर्नका लागि नागरिक उड्ययन प्राधिकरणबाट इजाजत प्राप्त गर्न चुनाैती हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS