IME Life New

वित्तीय कारोबार गर्दा सुरक्षा र सजगता अपनाउन राष्ट्र बैंकको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सुरक्षा र सजगता अपनाउन सुझाव दिएको छ।

केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्सएप, भाइबर, म्यासेन्जरजस्ता मोबाइल एप, ई–मेल, फोन वा मोबाइलको म्यासेजमा विभिनन किसिमको चिठ्ठा परेको, महँगो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट सामान आएको, धनसम्पत्ति वा सुन फेला परेको, छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानाका सन्देश पठाएर वित्तीय ठगीका घटना हुने भएकोले सजग रहन राष्ट्र बैंकले सुझाव दिउका छ।

Esewa
Crest

त्यस्ता सन्देशमार्फत वित्तीय ठगी र अपराधमा संलग्न व्यक्तिले आकर्षक प्रस्ताव राख्दै व्यक्तिगत र वित्तीय विवरण चोरी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। ‘त्यस्ता विवरणको प्रयोगबाट तपाइँलाई आर्थिक हानी वा नोक्सानी पुग्न सक्छ’, राष्ट्र बैंकले भनेको छ, ‘यस प्रकारका सबै घटना वित्तीय ठगी हुन्। यस्ता घटनाबाट बचौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS