IME Life New

दिपेन्द्र अग्रवालले चलाउँथे १५ जनाको टीएमएस, झुटो कारोबारको सेबोनले गर्यो खुलासा (प्रतिवेदनसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दिपेन्द्र अग्रवालको झुटो कारोबारबारे खुलासा गरेको छ।

धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशन रुपेश केसीले तयार पारेको जाँचबुझ प्रतिवेदनमा अग्रवालको झुटा कारोबारको खुलासा गरिएको हो। प्रतिवेदनमा अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका बारेमा भ्रामक कुरा सार्वजनिक गरेर शेयर खरिद गरी संकलन गरेको र पछि भ्रमक कुरा गरेर मूल्य बढाएर बेचेको उल्लेख छ। उनले जोशी हाइड्रोपावरको ७३ हजार ३०७ कित्ता शेयर औसत २७५.७४ रुपैयाँ खरिद गरी औसत ३४२.८५ रुपैयाँमा बेचेको प्रतिवेदनमा खुलाइएको छ।

Esewa
Crest

यसैगरी अग्रवालले १५ जनाको टीएमएस चलाएर शेयर कारोबार गर्ने गरेको जाँचबुझबाट खुलेको छ। अग्रवाल र ज्योति अग्रवालको बैंक खाताको विवरणअनुसार पनि दुवैको कारोबारको राफसाफ एउटै रकम प्रयोग गरेको आधारमा निजीहरुबीच भएको कारोबारमा वास्तविक धनी परिवर्तन नभएको देखिएको धितोपत्रसम्बन्धी ऐनले झुटो कारोबार भएको पुष्टि हुने आधार देखिएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै अग्रवालले र उनीसँग सम्बन्धित स्मार्ट डोर्स लिमिटेड र बिक्रीकर्ता ज्योति अग्रवाल भई गरेको कर्पोरेट डेभलपमेन्ट बैंकको २० हजार कित्ता (रु. ४ करोड ९० लाख ३४ हजार)को कारोबार वास्तविक स्वामित्व फरक नपर्ने जाँचबुझबाट खुलेको छ। यस आधारमा अनुसन्धान गर्न धितोपत्र ऐनबमोजिम उजुरी, संकलित विवरण तथा मिसिल प्रहरी प्रधान कार्यालयमा पेस गर्न उपयुक्त हुने देखिएको प्रतिवेदनमा स्पष्ट पारिएको छ।

धितोपत्र बोर्डलाई जाँचबुझ प्रतिवेदनमा अग्रवालले विभिन्न १५ जनाको टीएमएसबाट कारोबार गर्दै आएको र सो कारोबार रकम तिर्ने बुझाउने र दाबी गर्दै आएको व्यहोरबाट सिप्ला सेक्युरिटिजलाई उक्त कारोबारको वास्तविक धनीको विवरण थाहा भए पनि अद्यावधिक नगरी सम्पत्ति शुद्धीकरण निवारण ऐनविपरीत कार्य गरेकोले ३० लाख जरिवाना गर्न सुझाव दिएको छ।

त्यस्तै श्रीकृष्ण सेक्युरिटिजले ज्योति अग्रवाल, सविता अग्रवाल मिता मुरारका अग्रवाल र जय प्रकाश अग्रवालको ग्राहक परिचय विवरण सम्पत्ति शुद्धीकरण निवारण ऐनविपरीत देखिएको प्रतिवेदनमा उल्लेख छ। त्यसैले उक्त सेक्युरिटिजलाई पनि १० लाख जरिवाना गर्न धितोपत्र बोर्डलाई सुझाव दिइएको छ। यही आधारमा अर्को हातेमालो फाइनान्सियल सर्भिसेसलाई पनि १० लाख जरिवाना गर्न सुझाव दिइएको छ।

2082.08.12-Report-Related-to-Dipendra-Agrawal_-1_watermark_watermark

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS