IME Life New

हिमालयन इनर्जीको साधारणसभाबाट आइपीओ ल्याउने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन इनर्जीको नवौँ वार्षिक साधारणसभाबाट आइपीओ जारी प्रस्ताव पारित भएको छ। भक्तपुरको होटल भादगाउँमा भएको सभाले आगामी दिनमा १० लाख कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले कम्पनीको ४ वर्षको नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरेको छ। चयन भएका पदाधिकारीमा सञ्चालक समितिको अध्यक्षमा लीलामणि पाठक र प्रबन्ध सञ्चालकमा शंकरबहादुर घिमिरे छन् भने सञ्चालकहरुमा देवदास श्रेष्ठ, पुण्यप्रसाद रिमाल र टंक सुवेदी छन्।

Esewa
Crest

कार्यक्रम प्रमुख अतिथि ध्रुव आचार्य र अध्यक्ष लीलामणि पाठकको अध्यक्षतामा सभा सम्पन्न भएको थियो। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ भने आगामी आर्थिक वर्षको अडिट कार्य ए कुवर एन्ड एसोसिएट्सलाई दिने निर्णय गरेको छ।

हाल कम्पनीद्वारा प्रवर्द्धित कालिञ्चोक साना जलविद्युत आयोजना (३ मेगावाट) अन्तर्गतका पूर्वाधारका काम सम्पन्न भइसकेका छन्। आगामी आर्थिक वर्षमा आयोजना पूरा भई उत्पादन हुने बिजुली राष्ट्रिय ग्रिडमा जोडिने अध्यक्ष पाठकले जानकारी दिए। यससँगै लगानीकर्ताका लागि कम्पनी आकर्षक अवसर बन्ने विश्वास उनले व्यक्त गरे।

कम्पनीका कार्यकारी अधिकृत तथा कम्पनी सचिव लक्ष्मी भट्टराईका अनुसार आयोजना तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ। यस सफलताले भविष्यमा अन्य आयोजना प्रवर्द्धन गर्न पनि हिमालयन इनर्जीको टिमलाई थप हौसला प्रदान गर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS