काठमाडौं । यो वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते (बिहीबार) बिहान ११ः३९ बजे रहेको छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो। यो दिन टीका लगाइमाग्ने पश्चिम फर्किने समितिले जनाएको छ।
समितिले शुभदीपावली, नेपाल सम्वत् ११४६ को प्रारम्भ र छठको सबैलाई शुभकामना पनि दिएको छ।

















