IME Life New

शेयर संरचना परिवर्तन गर्दै बेष्ट फाइनान्स, अब संस्थापक र सर्वासाधारणको शेयर स्वामित्व कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्ने भएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्त गर्न लागिएको जनाएको हो। गत कात्तिक १४ गते सम्पन्न कम्पनीको २७ औँ वार्षिक साधारणसभाबाट पारित विशेष प्रस्ताव र नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिबमोजिम शेयर संरचना परिवर्तन लागिएको कम्पनीले जनाएको छ।

Crest

हाल कम्पनीमा संस्थापकको ६१.४२ प्रतिशत र सर्वसाधारणको ३८.५८ प्रतिशत शेयर स्वामित्व रहेको छ। अब संरचना परिमार्जन गर्दै कम्पनीमा संस्थापक ५१.४२ प्रतिशत र सर्वसाधारणको ४८.५८ प्रतिशत कायम गर्न लागिएको छ।

शेयर संरचना परिवर्तनका सम्बन्धमा कम्पनीले ७ दिने सूचना प्रकाशित गरिसकेको छ। सो अवधिसम्म संस्थापक शेयरधनीहरुबाट शेयर संरचना परिवर्तन नगर्ने भनी कुनै निवेदन नदिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS