IME Life New

सर्वोत्तम सिमेन्ट नाफा रु. १.१० अर्ब, आम्दानी सवा १० अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षमा १ अर्ब १० करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८१।८२ मा कम्पनीले १ अर्ब २ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ७.७० प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा कम्पनीले १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी गरेको छ। अघिल्लो वर्षमा कम्पनीको आम्दानी ९ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ थियो। कम्पनीको आम्दानी ७.५६ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीको व्यापार खर्च ७ अर्ब ९३ करोड ५१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा कम्पनीको व्यापार खर्च ७ अर्ब ५२ करोड ७७ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार खर्च ५.४१ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ५ अर्ब २२ करोड ४२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकृत प्रतिशेयर आम्दानी २१.२० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९९.८२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS