IME Life New

बेनी हाइड्रोपावरको आइपीओमा आजदेखि आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्टको पहिलो चरणको आइपीओमा आज चैत १ गतेदेखि आवेदन दिन सकिनेछ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो।

नेपाल धितोपत्र बोर्डले बेनी हाइड्रोपावरलाई जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड ८० लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति दिएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्नेछ।

Esewa
Crest

पहिलो चरणमा कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० अंकित दरका १० लाख ४० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको छ। त्यसमध्ये आयोजनाबाट अतिप्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं २, ३ र ४ का स्थायी बासिन्दालाई ५० प्रतिशतले हुन आउने ५ लाख २० हजार कित्ता, आयोजनाबाट प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ र ११ का बासिन्दालाई ३० प्रतिशतले हुन आउने ३ लाख १२ हजार कित्ता र आयोजनाबाट न्यून प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई २० प्रतिशतले हुन आउने २ लाख ८ हजार कित्ता शेयर बिक्री गरिएको छ।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने १० लाख ४० हजार कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख ४ हजार वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको छ।

यी दुवै समूहले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीयले एनएमबि बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा र प्राइम कमर्सियल बैंकको सोलुखुम्बुस्थित नेचा सल्यान शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयर आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित स्थानीका लागि आइपीओ निष्कासन बन्द छिटोमा चैत १५ गते र ढिलोमा चैत ३० गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गते हुनेछ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS