काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्टले आइपीओ निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले बिहीबार बेनी हाइड्रोपावरलाई २० करोड ८० लाख रुपैयाँबराबरको आइपीओ जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्नेछ।
बेनी हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।












