IME Life New
GBIME

बीमा अभिकर्ता बनेर आर्थिक रुपमा सबल बन्दै पूर्णकला, पोखरामा जोडिन् घडेरी

SPIL
Global College
Nepal Life

काठमाडौं । विभिन्न बाधा र अवरोधको सामाना गर्दै सम्भावनाको खोजीमा बीमा क्षेत्रबाट आफ्नो परिचय बनाएकी महिला हुन्, पूर्णकला शर्मा। अहिले पूर्णकला बीमा क्षेत्रमा जमेर लागेकी छन्। उनी पेसाले अभिकर्ता हुन्। आफ्ना लागि आफैँले केही गर्नुपर्छ र अरुको सहारामा बाँच्नुहुँदैन भन्ने धारणा भएकी पूर्णकला हाल सिटिजन लाइफको कुश्मा शाखामा एजेन्सी म्यानेजरको भूमिकामा रहेकी छन्। अहिले बीमा क्षेत्रमा एक साहसी महिलाका रुपमा आफ्नो परिचय बनाउन सफल छिन्।

पूर्णकला अहिले अभिकर्ता पेसालाई आफ्नो दैनिकी बनाएर बीमा पोलिसी बेच्दै बीमा सचेतना बाँड्नमा व्यस्त हुन्छिन्। बीमा पोलिसी बेच्नेभन्दा पनि सबैमाझ बीमा शिक्षा पुगोस् र सबैले बीमाबारे बुझून् भन्ने उनलाई लाग्छ।

Crest

पूर्णकला २०४४ सालमा पर्वतको फलेबास नगरपालिका–१० कुर्घामा जन्मिएकी हुन्। उनको कर्मघर भने पर्वतकै महाशिला गाउँपालिका–५ हो। सामान्य परिवारमा आफ्नो बाल्यकाल बिताएकी पूर्णकलाले प्लसटुसम्मको अध्ययन गरेकी छन्। बिहान–बेलुका घरको काम गरी बुवा–आमालाई सघाउँदै बाल्यकाल बिताएको पूर्णकला बताउँछिन्।

विभिन्न बाधा–अवरोधलाई सामना गर्दै आएकी पूर्णकलाले २०७० सालमा बालकोटामा शिक्षिका भएर काम गरिन्। त्यसपछि एनजीओमा पनि काम गरिन्। एनजीओमा काम गर्दै–गर्दा उनले नेसनल लाइफको ब्रान्च म्यानेजर (बीएम)लाई चिनेकी थिइन्। सोही क्रममा उनलाई ती बीएमले एजेन्ट बनेर काम गर्न आग्रह गरे। त्यसै समयमा पूर्णकलाले कस्तो हुने रहेछ इन्स्योरेन्समा काम भनेर २०७२–७३ सालमा नेसनल लाइफमा एजेन्टका रुपमा काम गर्न थालिन्। त्यहाँ उनले आफ्ना आफन्तको स–साना थोरैमात्रै बीमा गर्न सफल भइन्।

त्यसपछि पूर्णकलाले फेन्सी पसल चलाउने सोच गरिन् र फेन्सी पसल खोलिन्। सिटिजन लाइफका धौलागिरी शाखा प्रबन्धक दीपेन्द्र शर्मा लम्साल उनको आफन्त हुन्। सोही पसल चलाउने क्रममा उनलाई लम्सालले पनि बीमा अभिकर्ता बनेर काम गर्न प्रस्ताव राखे। त्यसपछि हाल सिटिजन लाइफका सीबीएओ सुनील पोख्ररेलसँग पनि चिनजान भयो। अनि उनीहरुले पूर्णकलालाई सिटिजन लाइफको पोलिसीलगायतका यावत कुराको जानकारी दिए।

सामान्य बीमाको ज्ञान पहिलाबाट नै भएकी पूर्णकलालाई लम्साल र पोखरेलले ‘पसल गर्दै बीमा गराउन र बीमा ज्ञान बाँड्न सकिन्छ। यो पेसा राम्रो पुन्यको पेसा हो’ भनेपछि पूर्णकलाले ‘हुन्छ गर्छु’ भनिन्। पूर्णकलालाई नेसनलमा भन्दा सिटिजन लाइफको पोलिसी र पोलिसीमा हुने विशेषता मन परेको थियो। ग्राहकसापेक्ष पोलिसीहरु सिटिजनमा रहेछन् बेच्न पनि सकिन्छ भन्ने हेतुले उनले सिटिजन लाइफबाट २०७४ फागुनबाट लाइसेन्स लिएर काम गर्न थालिन्।

सिटिजन लाइफमा प्रवेश गरेपछि पूर्णकलाले आफू बस्ने घरबेटीको बीमा गराइन्। ‘मैले घरबेटीलाई सुरुमा बीमा प्रस्ताव राख्दा मानेकी थिइनन् तर पछि हाम्रो कम्पनी राम्रो छ, हाम्रोमा ब्रान्ड एम्बेसेडर कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य छन् भनेपछि ती घरबेटीले ५० लाखको बीमा गर्न तयार भइन्’, उनले भनिन्, ‘कम्पनीको टिमले पनि बीमा गराउन सहज हुने रहेछ भन्ने मलाई त्यसपछि लाग्यो। त्यसपछि मलाई पनि बीमा बुझाउन सहज भयो। पछि ती घरबेटीले आफ्नो सबै परिवारको बीमा गराउने निर्णय गरिन्। त्यसपछिका दिनहरुमा मलाई काम गर्न झन् ऊर्जा मिल्दै गयो।’

यो पेसाबाट धेरै सन्तुष्ट रहेकी पूर्णकलाले भनिन्, ‘मैले पहिलाबाट नै बीमा सामान्य बुझेकी थिएँ। तर, सिटिजनमा आएपछि मैले बीमा झनै बुझ्ने र बुझाउने मौका पाएँ। म यो पेसामा प्रवेश गरेपछि धेरै राम्रो भएको छ। म आफू आर्थिक रुपमा सबल भएकी छु भने मैले बीमा गराएको घर–परिवारको भविष्य सुरक्षित भएको छ। यसमा म खुसी छु। मैले फेन्सी पसल गर्दा २० रुपैयाँ मार्जिन आउँथ्यो, अब अहिले बीमाबाट राम्रो आम्दानी गरेकी छु। जति काम गर्छु, त्यति नै पैसा पाएकी छु। आफ्नो पसलबाट हुने आम्दानीभन्दा बीमा अभिकर्ताबाट हुने आम्दानीलाई हेर्दा म अभिकर्ता पेसाबाट नै प्रभावित भएँ।’

पूर्णकलाले एक व्यक्तिको दाबी भुक्तानी गर्न सफल भएकी छन्। उनले बीमा गराएको बीमितको १० लाखको क्लेम परेको थियो। ‘त्यो क्लेमलाई कम्पनीले सहज रुपमा दाबी भुक्तानी दियो र मलाई पनि बीमा गराउन सहज भयो’, उनले भनिन्, ‘त्यसबाट पनि लाग्यो कि बीमा धेरै राम्रो पेसा रहेछ। दुःखको समयमा मलम लगाउन सकिने रहेछ भन्ने लाग्यो।’ दाबी भुक्तानी दिएपछि पूर्णकलालाई अभिकर्ता पेसा विशुद्ध समाज सेवाको पेसा रहेछ भन्ने लाग्यो।

अभिकर्ता पेसामा लागेपछि पूर्णकलाको जीवनमा धेरै परिवर्तन आए। ‘यस पेसामा आबद्ध भएपछि सबै तह र तप्काका मान्छेसँग भेट्ने अवसर मिल्यो। त्यही कारण पनि म राजनीतिक र सामाजिक क्षेत्रमा समेत सक्रिय हुने मौका मिल्यो। जनसम्पर्क बढ्यो। कोसँग कसरी बोल्ने भन्ने थाहा भयो, हरेक मान्छेहरुको व्यवहार थाहा पाएँ’, उनी भन्छिन्, ‘पहिला मासमा बोल्न अलि अप्ठ्यारो लाग्थ्यो, अहिले सबैसँग खुलेर बोल्न सक्ने भएँ। यस व्यवसायले आफूलाई अथाह सफलता दिलाएको छ।’

अभिकर्ता पेसामा आउनुअघि आर्थिक रुपमा कमजोर भएकी पूर्णकला यस पेसामा आएपछि सलब भएकी छन्। यही पेसाबाट पोखरामा घडेरी जोडेकी छन्। पसल पनि आफ्नो कर्मचारी राखेर चलाइरहेकी छन्।

पूर्णकलाले विगत सम्झिँदै भनिन्, ‘मेरो घरको आर्थिक अवस्था निकै कमजोर थियो। म अभिकर्ता पेसामा नआएको भए सायद यतिबेला विदेशी भूमिमा आफ्नो रगत र पसिना बगाउँदै हुन्थे होला। आज यो पेसाले गर्दा मलाई नेपालमा नै बस्ने वातावरण बनाइदिएको छ। म यसमा धेरै खुसी छु। अभिकर्ता पेसा मेरा लागि त टेक्ने एउटा रुखको हाँगोजस्तै बनेको छ।’

बीमा भनेको हुनेखानेलाई भन्दा पनि नहुनेहरुका लागि धेरै राम्रो रहेको पूर्णकलाको बुझाइ छ। ‘हुनेहरुका लागि त पैसा भइहाल्छ भइपरी आउँदा पनि, तर केही नहुनेहरुका लागि त सानो बीमा गर्यो भने भोलि आपतविपदमा अभिभावक भएर खडा हुन्छ। राहात दिन्छ। त्सकारण बीमा मानिसका लागि धेरै नै अपरिहार्य कुरा हो। सबैले बीमा गर्नुपर्छ।’

सफल बीमा अभिकर्तामा धेरै गुण हुनुपर्ने पूर्णकलाको भनाइ छ। ‘अभिकर्ता पेसा भनेको विश्वास बेच्ने पेसा हो। त्यसकारण अहिलेको समयमा विश्वास बेच्न गाह्रो छ। यही कारण पनि यो पेसामा लाग्ने मानिस इमान्दार, पेसाप्रति बफदार, धैर्यता, मेहनत, सहनशीलता र बीमा बुझाउन सक्ने गुण हुनुपर्छ’, उनले भनिन्।

पूर्णकलाले कम्पनीले दिने हरेक टार्गेट मिट गरेकी छन्। उनी ६ पटक लगातार गोल्ड क्लबको स्किम हात पारेर अवार्ड पाएकी छन्। उनी एमडीआरडीसमेत बन्न सफल भइसकेकी छन्। कम्पनीका विभिन्न लक्ष्य पूरा गरी विदेश भ्रमण र नेपालका विभिन्न ठाउँमा घुम्ने मौका पाइसकेकी छन्। यो सबै सफलताको देन भनेको सिटिजन लाइफ रहेको उनले बताइन्। कम्पनीले समय–समयमा अभिकर्तालाई विभिन्न क्षमता अभिवृद्धि तालिम दिएको छ। यसका लागि कम्पनीप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा अझै उत्कृष्ट कार्य प्रदर्शन गर्ने प्रतिबद्धता गरेकी छन्।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%

खुसी

0%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS